काठमाडौँ । पोखरा महानगरपालिका विश्वकै परिचित पर्यटकीय गन्तव्यको एक हिस्सा हो। नगरपालिका, उप-महानगरपालिकाको सिँढी चढ्दै संघीयता कार्यान्वयनमा आएपछि २०७३ साल फागुन २७ गते महानगरको पगरी गुथ्न सफल भएको थियो। ३३ वटा वडा रहेको पोखरा भौगोलिक दृष्टिले नेपालको सबैभन्दा ठूलो महानगरपालिकाको हो। यस महानगरपालिकाको क्षेत्रफल ४६४ वर्ग किमि रहेको छ। करिब ५ लाख बढी जनसंख्या रहेको…