Logo

महासंघ नेतृत्वको विरोधमा केन्द्रिय सदस्य र जिल्ला उद्योग वाणिज्य संघ, भन्छन–नेतृत्वले सदस्यको हितमा काम गरेन

महासंघ नेतृत्वको विरोधमा केन्द्रिय सदस्य र जिल्ला उद्योग वाणिज्य संघ, भन्छन–नेतृत्वले सदस्यको हितमा काम गरेन



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले लिँदै आएको उच्च ब्याजदरको विषयलाई लिएर महासंघका केन्द्रिय सदस्य र जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरु महासंघ नेतृत्वको विरोधमा उत्रिएका छन् । महासंघ केन्द्रिय सदस्य र जिल्ला उद्योग वाणिज्य संघले उच्च व्याजदरको विरोधमा प्रर्दशनी गर्न थालेपछि महासंघले विज्ञप्ती जारी गरेर उक्त आन्दोलन रोक्न आग्रह गरेको थियो । तर सोही विषयलाई लिएर महासंघका केन्द्रिय सदस्यका साथै जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरु महासंघ नेतृत्वको विरोधमा उत्रिएका हुन् ।

laxmi

बुधबार महासंघले संघ र प्रदेशको चुनाव हुन लागेको भन्दै चुनावलाई केन्द्रित गर्दै ब्याजदर विरुद्धको आन्दोलन रोक्न आग्रह गरेको थियो । तर, आन्दोलनरत उद्योगी व्यवसायीले भने महासंघ अध्यक्ष शेखर गोल्छाले हाल भैरहेको व्याजदर विरुद्धको आन्दोलतलाई रोक्नका लागि उक्त हर्कत गरेको र व्याजदर विरुद्दको आन्दोलनले चुनावलाई कुनै असर नपर्ने भन्दै नेतृत्वको विरोध गरेका हुन् । ‘उद्योग वाणिज्य महासंघ अपाङ्ग भैसकेको अनुभुति हुन थाल्यो, केहि गर्दैनन् यिनले भन्न थालिसकेको छन्,’ महासंघ केन्द्रिय सदस्यले नेतृत्वप्रति लक्षित गर्दैै लेखेका छन् ।

यसैगरी उद्योगी व्यवसायीहरुले महासंघले विज्ञप्ती जारी गर्दैमा आफुहरुको अन्दोलन नरोकिने भन्दै निरन्तरता दिएका छन् भने सामाजिक संजालमा नेतृत्वको चर्को विरोध गरेका छन् । साथै अहिलेको महासंघको नेतृत्व सरकारसँग डराएर उद्योगी व्यवासायीको हितमा एजेण्डा उठाउन नसकेको समेत आन्दोलनरत उद्योगी व्यवसायीको आरोप छ ।

उनीहरुले भनेका छन्, ‘अहिले चुनावलाई देखाएर अन्दोलत रोकिदैछ अब समानुपातिक सहित चुनावको मत परिणाम आउन १ महिना लाग्छ, त्यसपछि सरकार बन्न १ महिना लाग्छ त्यसको केहीसमयपछि महासंघको अहिलेको कार्यसमितिको कार्यकालनै समाप्त ।’ साथै अहिलेको महासंघ नेतृत्व सरकारसँग वार्ता गरेर व्यवसायीको समस्या समाधानभन्दा पनि आफ्नो कार्यकाल सकारएर उम्किन खोजेको उनीहरुको आरोप छ । साथै उनीहरुले आन्दोलन रहरले नभई बाध्यताले गर्नु परेको भन्दै महासंघले भन्दैमा आन्दोलन नरोकिने बताएका छन् ।

व्यवसायीलाई समस्या पर्दा बोल्न पाउनुपर्ने लोकतान्त्रिक अधिकार भएको भन्दै यसमा महासंघ नेतृत्वले सरकारी पक्ष लिएर हस्तक्षेप गर्न नहुने महासंघ केन्द्रिय सदस्यहरुकै भनाई रहेको छ । हाल उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्थाले आफुखुशी चर्को व्याज लिएको र नियामक निकायल राष्ट्र बैंकले कुनै चासो नदेखाएको भन्दै देशव्यापी रुपमा विरोध प्रदर्शन शुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL