काठमाडौं । काठमाडौंमा सक्रिय नक्कली प्रमाण पत्र तथा छाप बनाउने गिरोह पक्राउ परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रमाण पत्र र छाप नक्कली बनाउने गिरोहलाई तारकेश्वर नगरपालिका–७ फुटुङबाट पक्राउ गरेको हो। बुधबार पक्राउ परेको गिरोहलाई बिहीबार पत्रकार सम्मेलन गरी कार्यालयले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा गोरखा भीमसेनथापा गाउँपालिका–१ मसेल घर भई तारकेश्वर नगरपालिका–२ देवीचोक…