काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मुख्य सहरी क्षेत्रका साँघुरा गल्लीमा दुई दशकअघि बिच्छ्याइएका ढुङ्गा उप्किएर समस्या भएपछि ब्लक छाप्न थालिएको छ । महानगरपालिका–२५ ले ढुङ्गाका कारण समस्या भएको गुनासो आएपछि ब्लक राख्न थालेको हो । चालु आर्थिक वर्षमा नमुनाका रुपमा छ हजार पाँच सय वर्ग फिट क्षेत्रमा ब्लक लगाइएको वडा नं २५ का अध्यक्ष राजेश डङ्गोलले…