Logo

दसैँ र तिहारका लागि एलजीको नयाँ अफर सार्वजनिक, आकर्षक क्यास ब्याक र ग्यारेन्टी उपहार

दसैँ र तिहारका लागि एलजीको नयाँ अफर सार्वजनिक, आकर्षक क्यास ब्याक र ग्यारेन्टी उपहार



काठमाडौँ । नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्राण्ड एलजीले दसैँ र तिहारका लागि आफ्नो नयाँ अभियान ‘शुभसाईत दसैँ तिहार घर भित्रिन्छन् नगद र उपहार’सार्वजनिक गरेको छ । यो अभियानले एलजीको कुनै पनि उत्पादन खरिद गर्दा आकर्षक क्यास ब्याक र ग्यारेन्टी उपहारहरू प्रदान गर्दछ ।

laxmi

यस योजनाअन्तर्गत, एलजीको लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले एलजी होम इन्टरनेन्मेन्ट र विभिन्न उपकरणहरू खरिद गर्दा ४० प्रतिशतसम्म क्यासब्याक र ग्यारेन्टी उपहारहरू उपलब्ध गराएको छ । साथै, ग्राहकहरूले एलजीका सबै उत्पादनहरूमा विशेष मूल्यमा बिनालागत ईएमआई प्राप्त गर्न सक्छन् ।

त्यसैगरी, ग्राहकहरूले एलजी लोयल्टी क्लब रिवार्ड कार्यक्रममा दर्ता गरी भिभान्त होटेलमा २५ प्रतिशतसम्म छुट पनि प्राप्त गर्न सक्नेछन् ।

साथै यस अवधिभित्र एलजीको टिभी खरिद गर्ने उपभोक्ताले थप एक वर्षको वारेन्टी समेत पाउने विशेष योजना पनि कम्पनीले ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL