काठमाडौं। आजदेखि धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ । काठमाडौँ महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ् निषेध गरेपछि सवारी चालकहरुलाई सहज पार्किङ् स्थल उपलब्ध गराउने क्रममा यो सेवा दिन लागिएको हो । गत मंगलबारदेखि न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरेको काठमाडौं महानगरपालिकाले नवनिर्मित धरहरा क्षेत्रमा रहेको…