Logo

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग, यस्ता छन् मापदण्ड (सूचनासहित)

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग, यस्ता छन् मापदण्ड (सूचनासहित)



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज ९आइतबार० एक सूचना जारी गर्दै प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग गरिएको हो ।

laxmi

अध्यक्ष पदका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षैत्रमा १० वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने मन्त्रालयले जनाएको छ । योग्यता पुग्ने, ३० वर्ष उमेर पूरा भइ ६५ वर्ष नपुगेको नेपाली नागरिकले आवेदन दिन सक्ने मन्त्रालयले उल्लेख गरेको छ ।

योग्यता पुगेको इच्छुक व्यक्तिले आफ्नो व्यक्तिगत विवरणसहित बढीमा ५ हजार शब्दको व्यावसायिक कार्ययोजनासहित आवेदन दिन माग गरिएको छ । तत्कालीन अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि दूरसञ्चार प्राधिकरणको अध्यक्ष पद रिक्त छ ।

प्राधिकरणसँग सम्बन्धित खरिद, स्मार्ट टेलिकमको लाइसेन्स खारेजी, एनसेलको सेयर खरिदबिक्रीको विवाद चलिरहेको समयमा अध्यक्ष खनालले राजीनामा दिएका थिए । सरकारले खनालको राजीनामा स्वीकृत गर्दै प्राधिकरणका सदस्य नवराज अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यबाहक अध्यक्ष तोकेको थियो ।

सूचना

प्रतिक्रिया दिनुहोस्
MBL