Logo

भोलिदेखि नेपालकै ठूलो पार्किङ संरचनामा निःशुल्क पार्किङ सेवा शुरु हुँदैं, न्यूरोड क्षेत्र पुग्नेलाई सहज हुने

भोलिदेखि नेपालकै ठूलो पार्किङ संरचनामा निःशुल्क पार्किङ सेवा शुरु हुँदैं, न्यूरोड क्षेत्र पुग्नेलाई सहज हुने



काठमाडौँ । भोलिदेखि धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ । काठमाडौँ महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ् निषेध गरेपछि सवारी चालकहरुलाई सहज पार्किङ् स्थल उपलब्ध गराउने क्रममा यो सेवा दिन लागिएको हो ।

laxmi

महानगरका अनुसार यसअघि काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङ् सेवा उपलब्ध गराइसकिएको छ । सरोकारवालासँगको समन्वयमा भोलिदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निशुल्क पार्किङ सेवा उपलब्ध गराउन लागिएको हो । संरचनागत रुपमा यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना हो ।

पाण्डेकाअनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ । सहिद गेटबाट नयाँ सडक जाँदा बायाँपट्टि काठमाडौँ मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिन्छ । गएको दशैँदेखि छठ पर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लवहरुसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL