काठमाडौं । ‘चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ १२ बुँदे घोषणापत्र जारी गर्दै काठमाडौंमा सम्पन्न भएको छ । घोषणापत्रले ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारालाई व्यवहारमा कार्यान्वयन गर्ने उल्लेख छ । त्यस्तै घोषणापत्रमा तेस्रो सम्मेलनले अगाडि सारेको ‘घरघरमा उद्यम फैलाउँ, गरिबीलाई शून्य बनाउँ’ अभियानलाई मुर्त रुप दिने कुरा उल्लेख छ । लघुवित्तमा देखिएका विकृति विसंगतिलाई अन्त्य गर्ने,…