Logo

त्रिवि उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस, कसले पाउँलान जिम्मेवारी ?

त्रिवि उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस, कसले पाउँलान जिम्मेवारी ?



काठमाडाैं । शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरेको छ ।

laxmi

समितिले चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बरालको नाम उपकुलपतिका लागि सिफारिस गरेको हो । अब विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री दाहालले तीन जनामध्येबाट एक जनालाई विश्वविद्यालयको उपकुलपति नियुक्त गर्नेछन् ।

समितिले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ को उपदफा (२) बमोजिम रिक्त रहेको विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिको लागि विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष प्राध्यापकत्रय बराल, धमला र बुढाथोकीको नाम सिफारिस गरेको हो ।

उपकुलपतिका लागि सिफारिस समितिले आवेदन माग गरेकोमा ४३ जनाको आवेदन परेको थियो । तीमध्ये पहिलो चरणमा सिफारिस समितिले १४ जनाको नाम छनोट गरेको थियो । छनोट भएका १४ जनामध्येबाट अन्तरवार्तापछि शिक्षामन्त्री संयोजकत्वको सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको हो ।

त्रिविको उपकुलपति पदका लागि कुसुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी र चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद वेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र प्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सुर्यबहादुर थापा सर्टलिस्टमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL