Logo

बैंक तथा वित्तीय संस्थाको सयुक्त अपिल : बैंकिङ क्षेत्र विरुद्ध लाग्नेहरुमाथि कारवाही होस

बैंक तथा वित्तीय संस्थाको सयुक्त अपिल : बैंकिङ क्षेत्र विरुद्ध लाग्नेहरुमाथि कारवाही होस



काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि बैंकरहरु एकजुट भएका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसियसन, नेपाल वित्तिय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त अपिल जारी गर्दै नेपालको बैंकिङ क्षेत्र दक्षि एशियाकै अब्बल रहेको बताउँदै बैंकिङ क्षेत्रमाथि आक्रमण गर्नेहरुलाई कानुनी कारवाही गर्न माग गरेका हुन् ।

laxmi

पछिल्लो समयमा यस क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधीहरु भइरहेको र सामाजिक संजालहरुमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिहरु प्रति सम्पुर्ण बैंकिङ क्षेत्रको ध्यानाकर्षण भएको जानकारी गराइएको छ । बैंकर्सहरुले बैंक विरुद्ध गलत अफवाह फैलाउनेहरुमाथि कानुनी कारवाहीको गरेका हुन ।

बैंकरहरुका अनुसार हाल बैंक तथा वित्तीय संस्थाहरुमा ५ करोड ३५ लाख भन्दा धेरै निक्षेप खाताहरु र १८ लाख भन्दा धेरै कर्जा खाताहरु संचालनमा छन् । देशका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरुले मुलुकको कुल ग्राहस्थ उत्पादन भन्दा धेरै निक्षेप संकलन तथा लगभग कुल ग्राहस्थ उत्पादन बराबरको कर्जा प्रवाह तथा अन्य बैंकिङ्ग सेवाहरु आफ्ना ६ हजार ४ सय ४१ शाखाहरु मार्फत देशभर प्रदान गर्दै आइरहेका छन् ।

साथै, देशको दुर–दराजमा गई ५७ वटा लघुवित्त संस्थाहरुले २८ लाख भन्दा धेरै स–साना ऋणीहरुलाई रु ४ खर्ब भन्दा धेरै ऋण प्रवाह गरी आर्थिक रुपान्तरणमा अहम भूमिका खेलेका छन् । बैंक तथा वित्तिय संस्थाहरुले सबै संस्थाहरुले ८२ हजार भन्दा धेरै कर्मचारीहरुलाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् ।

आर्थिक बर्ष २०७९–८० मा बैंक तथा वित्तीय संस्थाहरुले नेपाल सरकारलाई ३१ अर्ब भन्दा धेरै राजश्व बुझाउनुका साथै संस्थागत सामाजिक उत्तरदायित्व बमोजिम बैंक तथा वित्तीय क्षेत्रहरुले ७७ करोड भन्दा धेरै विविध सामाजिक कार्यहरुमा खर्च गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL