Logo

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा.चण्डिका प्रसाद भट्ट नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा.चण्डिका प्रसाद भट्ट नियुक्त



काठमाडौं । नेपाल आयल निगममा डा।चण्डिका प्रसाद भट्ट नियुक्त भएका छन् । आज बसेको मन्त्री परिषद्को बैठकले भट्टलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

laxmi

हाल भट्ट नेपाल विशेष आर्थिक क्षेत्र (सेज)मा कार्यरत छन् । उनले यस अघि पनि आयल निगमको निमित्त कार्यकारी निर्देशकको भूमिका निर्वाह गरिसकेका छन् । गोरखाको भीमसेन थापा गाउँपालिका–१ डा.भट्टसँगै आयल निगमको कार्यकारी निर्देशक छनोटका लागि गठित समितिले तीनजनाको नाम सिफारिस गरेको थियो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७८ अनुसारसमितिको फागुन ५ गतेको निर्णयअनुसार सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारहरुको नाम वर्णानुक्रमका आधारमा मन्त्रालय समक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL