काठमाडौं । सिटिजन्स बैंकले एक साथ ६ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको माङसेबुङ, सोलुखुम्बुको लिखुपिके, रामेछापको सुनापती, काभे्रको तिमाल, सिन्धुलीको हरिहरपुरगढी र धनकुटाको खाल्साछिन्ताङमा सोमबार देखी शाखा सञ्चालनमा ल्याएको हो । नियमनकारी निकायको निर्देशन अगावै बैंकले नेपालको दुर्गम क्षेत्रमा शाखा विस्तार गरेको बैंकले जानकारी दिएको छ । बैंकले अति दुर्गम मानिने हुम्लाको सिमिकोट…