Logo

कलंकी–कोटेश्वरका यी ठाउँमा बन्दैछन् आकाशे पुल, अण्डरपास जुलाई पछि मात्रै सञ्चालन

कलंकी–कोटेश्वरका यी ठाउँमा बन्दैछन् आकाशे पुल, अण्डरपास जुलाई पछि मात्रै सञ्चालन



काठमाडौं । कलंकी कोटेश्वर सडक खण्डका विभिन्न सात ठाउँमा आकाशे पुल निर्माण हुने भएको छ । साविकका तीनसहित उक्त खण्डमा कुल दशओटा आकाशे पुल राखिने भएको हो ।

अहिले कोटेश्वर, ग्वार्काे र बागडोलमा आकाशे पुल रहेको छ । अबको केहि महिनाभित्रै ७ ओटा आकाशे पुल थपिने सो सडक खण्डका इन्जिनियर निरन्जन शर्मा अर्यालले जानकारी दिए । उनका अनुसार धेरै यात्रुको चाप रहने बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना, बल्खु र कलंकीको खसीबजारमा पुल थप्न लागीएको हो । ‘खसीबजार बाहेक अन्य स्थानका पुलहरुको धमाधम निर्माण भइरहेको छ’ उनले भने । खसीबजारको पुलका लागि टेण्डर हुन बाँकि रहेको उनले जानकारी दिए ।

सो सडकखण्डलाई यात्रुमैत्री बनाउन फुटपाथ व्यवस्थित गर्नेदेखि जेब्रा क्रसिङको व्यवस्था गर्ने, सडकमा डिभाइडर पनि राख्ने तयारी भइरहेको छ ।

हाल उक्त सडकखण्ड अन्तर्गत कोटेश्वरदेखि बल्खुसम्म करिब सबै काम पुरा भएपनि बल्खु कलंकीखण्ड अन्तरगतको काम भने बाँकी छ । कलंकीमा निर्माणाधीन अन्डरपास सञ्चालनको काम यसअघि तय भएको मितीभन्दा केहि ढिला हुने अर्यालले बताए । ‘फिनिसिङ’को काममा केहि बढी समय लाग्ने भएको जुलाई भित्र सञ्चालनमा ल्याउन नसकिने उनको भनाई छ ।

चीन सरकारको सहयोगमा बन्न लागेको सो सडक खण्डको करिब १० किलोमिटर सडक चिनीयाँ ठेकेदार कम्पनी सांघाइ कन्ट्रक्सनले निर्माण गरिरहेको छ । सन् २०१३ सेप्टेम्बर ६ मा निर्माण थालीएको सो सडकखण्डलाइ ४२ महिनामा नेपाल सरकारलाइ हस्तान्तरण गर्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको थियो । चीन सरकारको ५ अर्बको आर्थिक सहयोगमा सो खण्डको काम भुकम्पका कारण एक बर्ष लम्ब्याइएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL