काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो १८ औं बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले बुधबार एक कार्यक्रमका बीच रुपन्देहीको शुद्धोधन गाउँपालिकास्थित भुजौलीमा उक्त शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो । उक्त सेवाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुन चन्द्र चौधरीले उद्घाटन गरेका हुन ।साथै उक्त सेवाको प्रतिनिधिका रुपमा बैंकले स्थानीय गंगा ढकाललाई नियुक्त गरेको छ ।…