Logo

कृषिप्रधान देशमा बार्षिक २९ अर्बको चामल आयात, आधुनिक कृषिका लागि आवश्यक औजार आयातमा उच्च गिरावट

कृषिप्रधान देशमा बार्षिक २९ अर्बको चामल आयात, आधुनिक कृषिका लागि आवश्यक औजार आयातमा उच्च गिरावट



काठमाडौं । सरकारले देशलाई कृषिमा आत्मनिर्भर बनाउने बताईरहँदा नेपालमा आयात हुने चामलको हिस्सा भने दैनिक रुपमा बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको बार्षिक तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७४/७५ मा भारतबाट २८ अर्ब ९० करोड रुपैयाँ बराबरको चामल मात्र आयात भएको छ ।

आर्थिक बर्ष २०७३/७४ को तुलनामा नेपालमा चामल आयात उच्च रुपमा बढेको तथ्याङ्कले देखाएको छ । अघिल्लो आबमा चामल आयात ८ प्रतिशतले बढ्दै २३ अर्ब ६० करोड रुपैयाँको चालम आयात भएको थियो । तर, गत आबमा आईपुग्दा त्यस्तो आयात साढे २२ प्रतिशतले बढ्न पुगेको हो ।

सरकारले देशलाई कृषिमा आत्मनिर्भर बनाईरहने भनिरहँदा नेपालमा चामल, तरकारी तथा फलफुल आयात भने उच्च रुपमा बढ्न गएको तथ्याङ्कले देखाएको छ । पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारीमा जाने क्रम उच्च रुपमा बढेको र खेतीयोग्य जमिनजति प्लटिङ गरेर राखिएका कारण देशका कृषि उत्पादन घट्दै गएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

सरकारले बजेट वक्तव्यमार्फत नै देशमा आधुनिक कृषि खेती गर्दै कृषि उत्पादन उच्च रुपमा बढाउने घोषणा गरेको छ । तर, आधुनिक कृषि प्रणालीका लागि आवश्कय मेसिन औजार तथा विउविजन आयातमा भने उच्च गिरावट आएको छ ।

तथ्याङ्क अनुसार आधुनिक कृषि प्रणालीका लागि आवश्यक कृषि औजार तथा विउविजन आयात ७० प्रतिशतले घट्न पुगेको छ । अघिल्लो आबमा आधुनिक कृषि औजार तथा विउविजन आयात ६० प्रतिशतले बढ्दै १५ अर्ब २० करोड रुपैयाँ बराबरको आयात भएकोमा गत आबमा आईपुग्दा ७० प्रतिशतले घटेर ४ अर्ब ५५ करोड रुपौयँ बराबरको मात्र आयात भएको छ ।

आधुनिक कृषि प्रणालीका लागि आवश्यक मेशिन औजार तथा विउविजन आयातमा उच्च गिरावट आउँदा सरकारले तय गरेको लक्ष्य अनुरुप कृषि उत्पादन बढाउन नसकिने समेत सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL