Logo

राष्ट्रिय गौरवका आयोजनालाई २१ अर्ब विनियोजन, कुन विमानस्थललाई कति ?

राष्ट्रिय गौरवका आयोजनालाई २१ अर्ब विनियोजन, कुन विमानस्थललाई कति ?



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय गौरवका आयोजनालाई २१ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०७५÷७६ को बजेट विनियोजन गर्दै राष्ट्रिय गौरबका विमानस्थल निर्माणका लागि सो बराबरको रकम छुट्याएको हो ।

प्राधिकरणले आब २०७५÷७६ मा सो आयोजना ( गौतमबुद्ध, पोखरा तथा निजगढ विमानस्थल) को लागि एकमुष्ट २१ अर्ब ८ करोड २० लाख ४९ हजार रुपैयाँ रकम विनियोजन गरेको प्राधिकरणका सुचना अधिकारी त्रिलोचन पौड्यालले जानकारी दिए ।

त्यस्तै प्राधिकरणले हवाई यातायात क्षमता अभिबृद्धि आयोजनाको लागि ५ अर्ब ९१ करोड ३ लाख रुपैयाँ विनियोजन गरेको छ भने आकस्मिक मर्मत सम्भार तथा संचालन कोषका लागि १२ करोड १९ लाख २७ हजार रुपैयाँ विनियोजन गरेको छ ।

३६ वटा आन्तरिक विमानस्थलको लागि ५० करोड २४ लाख ८९ हजार ४ सय ५ रुपैयाँ विनियोजन गरेको छ भने नागरिक उड्डयन खेलकुद क्लबको लागि ३३ लाख ९२ हजार रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै प्राधिकरणले संचालक समिति, आन्तरिक लेखा परीक्षण विभाग, एयर नेभिगेशन सर्भिसेस निर्देशनालय, एटीएम विभाग, आन्तरिक विमानस्थल तथा सुविधा विभाग, संचार तथा उड्डयन, सिएनएस योजना तथा विकास, ए आईएम विभागको लागि ४९ करोड ७० लाख १७ हजार ३० रुपैयाँ विनियोजन गरेको छ ।

नागरिक उड्डयन सेफ्टी रेगुलेशन निर्देशनालय, एएनएस सेफ्टी स्टाण्र्डड, एरोड्रोम सेफ्टी स्टाण्डर्ड, फ्लाईट सेफ्टी, आईकाओ ईन्टरनेशनल अफयेर्स, कर्पोरेट निर्देशनालय, कर्पोरेट योजना तथा अनुगमन, मानब संशाधन, एरोड्रोम संचालन तथा एरोड्रोम ईन्जिनियरिङ विभागको लागि ४ अर्ब ४९ करोड ९३ लाख ७० हजार ९ सय १ रुपैयाँ विनियोजन गरेको छ ।

उद्धार तथा अग्नि निवारण, ईलेक्ट्रो मेकानिकल, नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठान, त्रिभुवन अन्तरराष्टिय« विमानस्थल, प्रशासन विभाग, हवाई सुरक्षा विभाग, अर्थ विभाग तथा सुरक्षा सुविधा सुधारको लागि १२ अर्ब २३ करोड ३८ लाख ४० हजार ५७ रुपैयाँ विनियोजन गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL