काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक (एमडी) डिल्लीराम अधिकारीले विभिन्न निकायको असहयोगका कारण फोरजी विस्तारमा ढिलाई भएको बताएका छन् । सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले काठमाडौंका घरबेटीदेखि वन मन्त्रालयको असहयोगका कारण उचित स्थानमा टेलिकमको टावर ठड्याउन नपाएपछि फोरजी विस्तारमा ढिलाई भएको बताएका हुन् । नेपाल टेलिकमले २०७३ सालमै नेपालभर फोरजी सेवा विस्तार गर्नेगरी…