Logo

सेयर बजारमा जुवाघरको झल्को : अघिल्लो दिन नेगेटिभ सर्किट भोलीपल्टै पोजेटिभ, कारोबार रकम भने बढेन

सेयर बजारमा जुवाघरको झल्को : अघिल्लो दिन नेगेटिभ सर्किट भोलीपल्टै पोजेटिभ, कारोबार रकम भने बढेन



काठमाडौं । सोमबार सेयर बजार हालसम्मकै उच्च अंकले वृद्धि भएको छ । अघिल्लो दिन ५ प्रतिशतले घटेर सर्किट हानेको बजार सोमबार करिव ६ प्रतिशतले बढ्न पुगेको छ ।

laxmi

सेयर बजारमा आईतबार र सोमबारको उतारचढावको अवस्था हेर्दा नेपाली सेयर बजार जुवाघरमा परिणत भएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘हिजो र आजको बजार हेर्ने हो भने क्यासिनोको खेलभन्दा कम छैन,’ एक लगानीकर्ताले भने, ‘अघिल्लो दिन नेगेटिभ सर्किट हानेर घटेको बजार भोलिपल्टै सकारात्म सर्किट हानेर बढ्दा लगानीकर्ता झनै अन्योलमा परेका छन् ।’

आइतबार १ सय ८ अंकले घटेको सेयर बजार सोमबार भने १६२ अंकले बढेको छ । सोही अनुरुप नेप्से परिसुचक ५.७४ प्रतिशत ले बढेर २९८०.७८ विन्दुमा पुगेको छ । आज नेप्से सेन्सेटिभ इण्डेक्स ३१.४१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ११.२३ अंकले बढेको छ ।

आज २२४ कम्पनीको ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०७ को १ करोड ७९ लाख २२ हजार ५८८ कित्ता शेयर कारोबार भएको छ । त्यसैगरी आज सबै उप सूचकमा वृद्धि भएको छ । सोमबार सबैभन्दा बढी विकास बैंक उपसूचक ९.९२ प्रतिशतले बढेको छ भने हाइड्रो ९.११ तथा अन्य ८.३८, लगानी क्षेत्र ६.८३, उत्पादन क्षेत्र ६.०६ होटल र पर्यटन ५.६३ प्रतिशतले बढेकोछ ।

यसैगरी बजारमा प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक ४.०७ प्रतिशतले बढेको छ भने निर्जीव बीमा क्षेत्र ४.९६ प्रतिशत र बीमा क्षेत्रा ५.०१ प्रतिशतले बढेको छ ।

सोमबार बजार हालसम्मकै उच्च अंकमा बढेपनि कारोबार रकम भने बढ्न सकेन । दिनभर कुल ९ अर्ब ८२ करोड रुपैयाँको सेयर कारोबार हुँदा २२४ कम्पनीको १ करोड ७९ लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL