Logo

हल्लाको भरमा चलेको सेयर बजार, बजारमा देखिएको समस्या समाधान गर्न गभर्नरलाई अर्थमन्त्रीको आग्रह

हल्लाको भरमा चलेको सेयर बजार, बजारमा देखिएको समस्या समाधान गर्न गभर्नरलाई अर्थमन्त्रीको आग्रह



काठमाडौं । सेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयकोे ध्यानाकर्षण भएको छ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका हुन् ।

laxmi

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका थिए । साथै उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई आग्रह गरेका हुन् ।

जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएका थिए । केही दिनयता लगानीकर्ताले राष्ट्र बैंकले ल्याएको सेयर कर्जा सम्बन्धी नीतिका कारण बजार असर परेको भन्दै लगानीकर्ताले आन्दोलनको नाममा चलखले सुरु गरेका थिए । सोहीअनुरुप आईतबार बजार ५ प्रतिशतले घटेर सर्किट लागेको थियो । तर, सोमबार बजार युटर्न हुँदैं १ सय अंकभन्दा माथि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL