Logo

राष्ट्र बैंकले भन्यो-‘अन्य कम्पनीको सेयर किन्नबाहेक व्यवसायिक प्रयोजनका लागि मार्जिन कर्जाको सीमा लाग्दैन’

राष्ट्र बैंकले भन्यो-‘अन्य कम्पनीको सेयर किन्नबाहेक व्यवसायिक प्रयोजनका लागि मार्जिन कर्जाको सीमा लाग्दैन’



काठमाडौं । नेपाल राष्ट्र बैंकले उद्योग व्यवसाय गर्नका लागि सेयर धितो राखेर लिइने कर्जामा सीमा नलाग्ने स्पष्ट पारेको छ । राष्ट्र बैंकले आफ्नो वेवसाईटमा वारम्बार सोधिने प्रश्नावली राख्दै उक्त कुरा स्पष्ट पारेको हो ।

laxmi

राष्ट्र बैंकले वेव साईटमा के व्यवसाय गर्नका लागि सेयर धितो राख्न पाईन्छ ? यस्तो कर्जा लिँदा समेत मार्जिन कर्जाको एकल ग्राहक कर्जा सीमा लागू हुन्छ ? भन्ने प्रश्नावली बनाएको छ । त्यसैमा उत्तर दिँदै राष्ट्र बैंकले उद्यमी व्यवसायीहरुले उद्योग व्यवसायका लागि अन्य धितोसँगै सेयर धितो समेत राख्न चाहेमा सेयर धितो राखी कर्जा पाईन्छ भनी स्पष्ट पारिदिएको छ ।

यसअघि लगानीकर्ताहरुले सेयर धितो राखेर कर्जा लिँदा एउटा बैंकबाट ४ करोड र बढीमा १२ करोड रुपैयाँ मात्रै लिन पाईने जसका कारण उद्योग व्यवसायमा संचालनका लागि ऋण लिन नपाईने भन्दै अफवाह फैल्याएका थिए ।

तर, राष्ट्र बैंकले थप स्पष्ट पार्दै बैंक तथा वित्तीय संस्थाले व्यवसायिक प्रयोजनको लागि प्रवाह भएको कर्जाको लागि अन्य सम्पती धितो राखेसरह अतिरिक्त धितोको रुपमा सेयरसमेत धितोको रुपमा राख्न सक्ने बताएको छ । साथै अन्य संस्थाको सेयर किन्ने प्रयोजनदेखि बाहेकका व्यवसायिक प्रयोजनको लागि सेयर धितो राखी प्रवाह भएको कर्जामा मार्जिन प्रकृतिको कर्जामा जस्तो एकल ग्राहक कर्जा सीमाको रुपमा रहेको एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र सबै इजाजतपत्र संस्थाबाट १२ करोडको सीमा लागू नहुने स्पष्ट पारेको हो ।

तर, राष्ट्र बैंकले उक्त व्यवस्थाको विषयमा स्पष्ट पारेपनि कुनै पनि व्यक्तिले शतप्रतिशत कर्जा लिएर उद्योग व्यवसाय संचालन गर्न पाउने छैनन् । व्यवसायिक कर्जा लिनका लागि सम्बन्धित व्यवसायको व्यवसायीक योजना पेश गर्नुपर्ने र त्यसरी कर्जा लिन लगानीकर्ताले न्यूनतम ३० प्रतिशत इक्विटी सम्बन्धित व्यक्तिले नै राख्नुपर्ने छ । नेपालमा इक्विटी फाइनान्सिङको व्यवस्था नभएका कारण लगानीकर्ताले ऋण लिएर मात्रै व्यवसाय संचालन गर्न सक्दैनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL