काठमाडौं । नबिल बैंकले मोबाइल खुद्रा विक्रेता व्यवसायीलाई कर्जा सुविधा उपलब्ध गराउने भएको छ । च्यानल फाइनान्सिङ कर्जा सुविधा उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा बैंकका लघुवित्त कर्जा प्रमुख निरजकुमार बस्नेत (डनिल) र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याड्योले हस्ताक्षर गरेका छन् । बैंकले साना तथा मझौला स्तरका मोबाइल बिक्रीवितरण गर्ने व्यवसायीहरूको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले…