GBIME

सनराइज क्यापिटलले ल्यायो निःशुल्क डिम्याट खोल्ने सुविधा,डिम्याट खाताको पुहँचमा वृद्धि हुने विश्वास


बिजखबर संवाददाता
29 May, 2022 3:19 pm

sunrise-capital

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ । क्यापिटलले “नेपाल सरकारको एक नेपाली एक डिम्याट खाता” अभियानलाई सार्थक बनाउने उद्वेश्यसहित जेष्ठ १६ गतेदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो ।

NLIC
LAXMI

क्यापिटलको यस सुविधा तथा अभियानबाट विशेषत पूंजी बजार बाहिर रहेका गृहणी, विद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई विशेष फाईदा पुग्नुका साथै सर्वसाधारण व्यक्तिहरुमा डिम्याट खाताको पुहँचमा वृद्धि हुने कम्पनीले विश्वास लिएको छ । सर्वसाधारणलाई लक्षित गरि ल्याइएको यस्ता कार्यक्रमले सर्वसाधारणहरुलाई पूँजी बजारमा प्रवेशका लागि अवसरका साथै समग्र बजारमा लगानी वृद्धिलाई समेत सहयोग पुग्ने छ ।

यस सुविधाका लागि सन्राइज क्यापिटल लिमिटेडको कार्यालय, कमलपोखरी, काठमाडौं, तथा सनराइज बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरु र सन्राइज क्यापिटल लिमिटेडको वेवसाईट www.sunrisecapital.com.np बाट पनि पाप्त गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL