Logo

यस्तो थियो नेपालको पहिलो बजेट, कुन क्षेत्रमा कति रकम विनियोजन गरिएको थियो ? (पूर्णपाठसहित)

यस्तो थियो नेपालको पहिलो बजेट, कुन क्षेत्रमा कति रकम विनियोजन गरिएको थियो ? (पूर्णपाठसहित)



काठमाडौं । आज अर्थात आईतबार संघीय संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्ष २०७९÷८० को बजेट सार्वजनिक गर्दैछन् । संसदमा सार्वजनिक गर्न लागिएको आगामी आवको आयव्ययको विवरण सार्वजनि हुनुअगावै विभिन्न अड्कल काटिएका छन् । विभिन्न संचारमाध्यमहरुले यतिको बजेट आउँदै, यस्तो बजेट आउँदैलगायतका अड्कल काटेपनि के कस्तो आउने भन्ने बजेट सार्वजनिक भएपछि जानकारी भईनै हाल्छ । तर, नेपालको सबैभन्दा पहिलो बजेट कस्तो थियो होला ? यस्तो जिज्ञासा धेरैको मस्तिष्कमा उठ्न सक्छ । सोही प्रश्नको जवाफ दिन हामीले सानो प्रयास गरेका छौं ।

laxmi

नेपालमा प्रत्येक बर्ष जसो आर्थिक बर्षको अन्त्यसँग नयाँ आर्थिक बर्षका लागि बजेट सार्वजनिक गरिन्छ । त्यसको सुरुवात विसं २००८ सालमा भएको मानिन्छ । तत्कालिन अर्थमन्त्री सुवर्णसमसेर जवराले नै २००८ माघ २१ गते नेपालको पहिलो बजेट सार्वजनिक गरेका हुन् । यसलाई हिसाव गर्दा नेपालमा प्रत्येक बर्ष आगामी आवका लागि खर्च र आम्दानीको विवरण सार्वजनिक गर्न थालेको ७१ बर्ष भएको मान्न सकिन्छ । सुवर्ण समसेरले ल्याएको नेपालको पहिलो बजेटमा २००८ माघ २१ मा सार्वजनिक गरिएको पहिलो बजेटमा त्यसअघिका खर्च र आयको तथ्यांक राम्रोसँग राख्ने नगरिएकाले ज्यादै अप्ठ्यारे तरिकाले बजेट निर्माण गरेको उल्लेख छ । सोही अनुसार जेठमा सार्वजनिक गर्नुपर्ने बजेट माघमा मात्रै गरिएको थियो ।

उक्त बजेटअनुसार विसं २००७ सालमा नेपालको कुल आम्दानी २ करोड ६० लाख ८१ हजार रुपैयाँ रहेको छ । यस्तै बचत ४३ लाख ९४ हजार रुपैयाँ रहेको थियो । त्यसताका आन्दोलनका कारण देशभरबाट उचित तथ्यांक संकलन गर्न नसकेकाले सम्पुर्ण आम्दानी र खर्च बजेटमा समावेश गर्न नसकिएको पनि उल्लेख गरिएको छ । सुवर्ण शमसेरले ल्याएको बजेटमा २००८सालमा ३ करोड ५ ला १६ हजार रुपैयाँ आम्दान हुने लक्ष्य राखिएको थियो । जसमध्ये ९४ लाख ५ हजार रुपैयाँ मालपोतहरुबाट उठाउने योजना बनाईएको थियो ।

यस्तै त्यसबेलाको बजेटमार्फत २ करोड ७८ लाख ३४ हजार रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो । जसका लागि कर्मचारीको तलव वृद्धिका लागि २० लाख, सेनाका लागि २७ लाख १२ हजार, पुलिसका लागि ३८ लाख ३० हजार, स्वास्थ्यतर्फ २ लाख, शिक्षातर्फ ५ लाख ५६ हजार, स्थानीय स्वायत्त शासनतर्फ २ लाख, बाटो निर्माणका लागि २५ लाख १३ हजार, सिँचाईका लागि १० लाख, विजुलीका लागि ५ लाख १ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

यस्तो छ २००८ को बजेटको पूर्णपाठ :

[googleapps domain=”drive” dir=”file/d/1NLisWApOejwny-APNU6Q9JJ-e7RpAXiP/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL