काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले एक महिनापछि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गर्ने प्रतिवद्धता जाहेर गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा भदौ ३० देखि प्रणाली लागु गर्ने प्रतिवद्धता जनाएका हुन् । पछिल्लो ४ बर्षदेखि मोबाइल आयातकर्ताहरुले प्राधिकरणलाई सकेसम्म चाँडो एमडीएमएस प्रणाली स्थापना गर्ने दबाव दिँदै आएका छन् ।…