Logo

आयातमा कडाईको प्रभाव : शोधनान्तर स्थिती साढे १४ अर्बले सुधार, विदेशी मुद्रा संचिती १९ प्रतिशतले घट्यो

आयातमा कडाईको प्रभाव : शोधनान्तर स्थिती साढे १४ अर्बले सुधार, विदेशी मुद्रा संचिती १९ प्रतिशतले घट्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले विलासिताका वस्तु आयातमा कडाई गरेसँगै शोधनान्तर स्थितीमा सामान्य सुधार आएको छ । आर्थिक वर्ष २०७८/७९ को ११ महिनासम्मका देशको शोधनान्तर स्थिती २ खर्ब ६९ अर्ब ८६ करोड रुपैयाँले घाटामा रहेकोमा गत आबको अन्तिम अर्थात असार मसान्तसम्ममा केही सुधार हुँदै त्यस्तो घाटा २ खर्ब ५५ करोड २३ करोड रुपैयाँमा झरेको छ । तर अघिल्लो आवको सोही अबधिमा भने शोधनान्तर स्थिति १ अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको थियो ।

laxmi

पछिल्लो समय आयात गरिएको कडाईका साथै रेमिटान्स आप्रबाहमा आएको सुधारका कारण शोधनान्तर स्थितीमा साथै विदेशी मुद्रा संचितीमा समेत सुधार आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । नेपालमा विदेशी मुद्रा भित्र्ने स्रोत घट्दै जाँदा आयात मात्रै उच्च रुपमा बढ्दा त्यस्ता मुद्रा संचितीमा गिरावट आएको भन्दै राष्ट्र बैंकले सिमित बस्तुहरुको आयात रोक्नुका साथै कतिपय वस्तु आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरेको थियो ।

यस्तै आयातमा गरिएको कडाईका कारण पछिल्लो १ महिनामा विदेशी मुद्रा संचितीमा समेत सामान्य सुधार आएको छ । जेठ महिनासम्ममा कुल विदेशी मुद्रा संचिती ११ खर्ब ७६ अर्ब रुपैयाँ रहेकोमा असार मसान्तसम्ममा आईपुग्दा बढेर १२ खर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

तर बार्षिकरुपमा डलरमा तुलना गर्दा आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/७९ को तुलनामा १८.९ प्रतिशतले कमि आएको छ । अघिल्लो आबमा कुल विदेशी मुद्रा संचिती ११ अर्ब ७५ करोड डलर रहेकोमा गत आबमा घटेर ९ अर्ब ५४ करोड अमेरिकी डलरमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL