Logo

पहिलो पटक वार्षिक रेमिटान्स आप्रबाह १० खर्ब कट्यो, वैदेशिक लगानीमा भने गिरावट

पहिलो पटक वार्षिक रेमिटान्स आप्रबाह १० खर्ब कट्यो, वैदेशिक लगानीमा भने गिरावट



काठमाडौं । देशमा पहिलो पटक एक वर्षमा १० खर्ब रुपैयाँभन्दा बढी रेमिटान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा रेमिटान्स आप्रबाह ४.८ प्रतिशतले वृद्धि भई १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको हो ।

laxmi

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्यामा उच्च वजृद्धि भएसँगै रेमिटान्स आप्रबाहमा पनि केही सुधार आएको छ । सो अबधिमा नेपालबाट वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिएर ३ लाख ५४ हजार ६६० नेपाली वैदेशिक रोजगारीमा पुगेका छन् । तर अघिल्लो वर्ष यस्तो संख्या ६२.८ प्रतिशतले घटेको थियो । त्यसैगरी, समिक्षा अवधिमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १९८.५ प्रतिशतले वृद्धि भई २,८२,४५३ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ४६.८ प्रतिशतले घटेको थियो ।

तर समिक्षा अवधिमा वैदेशिक लगानीमा भने गिरावट आएको छ । अघिल्लो आवको तुलनामा गत अबमा त्यस्तो लगानीमा ४।९ प्रतिशतले गिरावट आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अघिल्लो अबमा कुल १९ अर्ब ५१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएकोमा आव २०७८/७९ मा १८ अर्ब ५६ करोड रुपैयाँ मात्र कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL