काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालहरुलाई स्वास्थ संस्था संचालन मापदण्ड कार्यान्वयन गर्न निर्देशन दिएको छ । बुधबार एक सूचना सार्वजनिक गर्दै मन्त्रालयले सबै सरकारी, निजी, सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरूलाई संस्था सञ्चालन सम्बन्धी मापदण्ड अनुसार दश प्रतिशत शय्यामा तोकिएका वर्गलाई निःशुल्क उपचारको अनिवार्य व्यवस्था गर्न निर्देशन दिएको हो । स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी…