Logo

विश्व बैंकसँग साढे १८ अर्बको सम्झौता, विद्यालय क्षेत्र स्तरोन्नतिमा सहयोग

विश्व बैंकसँग साढे १८ अर्बको सम्झौता, विद्यालय क्षेत्र स्तरोन्नतिमा सहयोग



काठमाडौं । विश्व बैंक र नेपालबीच करिव साढे १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण र अनुदानसम्बन्धी सम्झौता भएको छ । बुधबार अर्थसचिव अर्जुन पोखरेल र श्रीलंका, माल्दिभ्स र नेपालका लागि देशिय निर्देशक फारिस हदाद जर्भसबीच उक्त सम्झौता भएको हो ।

laxmi

सम्झौता अनुसार १२ करोड डलर अर्थात १५ अर्ब ८७ करोड रुपैयाँ बराबरको सहुलियतपुर्ण कर्जा र ३ अर्ब ६० करोड रुपैयाँ बराबर अनुदान दिने भएको हो ।

अनुदान भने विश्व बैंकको शिक्षाका लागि विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रमका लागि वैश्विक साझेदारी कार्यक्रम अन्तर्गत दिने घोषणा गरिएको हो । यस कार्यक्रम अन्तर्गत तल्लो तहका विद्यार्थीका लागि राष्ट्रिय एकिकृत पाठ्यक्रम विकास गर्न सहयोग पुर्याईनेछ । यस्तै यसले कोरोनाका कारण बन्द हुन पुगेका विद्यालयहरुलाई पुनर्विकास गर्न र विद्यार्थीहरुलाई विद्यालयसम्म पुर्याउने सहयोग पुर्याउने बताईएको छ ।

जसमा विद्यालयमा बालमैत्रि धारा, बस्ने ठाउँ, शौचालयलगायतको स्तरोन्नति गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL