Logo

बजेटप्रति तेल उद्योगीहरुको गुनासो : आयकर तिर्नै नसक्ने अवस्थामा पुग्यौं, भन्सार महशुल १ प्रतिशतमा झार्नुपर्छ

बजेटप्रति तेल उद्योगीहरुको गुनासो : आयकर तिर्नै नसक्ने अवस्थामा पुग्यौं, भन्सार महशुल १ प्रतिशतमा झार्नुपर्छ



काठमाडौं । आगामी आर्थिक बर्षको बजेटमाथि गुनासो गर्दै तेल उद्योगीहरुले भन्सार महशुल घटाउन आग्रह गरेका छन् । आगामी आवको बजेटमार्फत सरकारले तेलको कच्चा पदार्थमा भन्सार महशुल १० प्रतिशत र मुल्य अभिवृद्धि कर १३ प्रतिशत गरेको भन्दै यसलाई घटाउन नेपाल वनस्पती घ्यु तेल उद्योग संघले आग्रह गरेको हो ।

laxmi

भारत सरकारले उच्च महङ्गीको चापवाट उपभोक्ताहरुलाई बचाउन खाने तेलको भन्सार महशुल शुन्य र जिएसटी ५ प्रतिशत पुर्याएको तर, नेपालले सबै कर मात्रै २५ प्रतिशतसम्म लिने उद्योगीहरूको भनाई छ ।

यसले भारतबाट अनधिकृत रुपमा छ्यापछ्याप्ति कम गुणस्तरका तेल आयात भईरहेको उद्योगीहरुको भनाई छ । यसले नेपालले आर्जन गर्ने राजश्वमा पनि गिरावट आउने बताईएको छ । अतः यसलाई तत्कालै सच्याई कच्चा पदार्थमा भन्सार महशुल दर साविक वमोजिम नै १ % मात्र कायम गर्न संघले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL