काठमाडौँ। सरकारले नेपाल औषधि लिमिटेडको महाप्रवन्धकमा कैलाशकुमार पनेरुलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको औषधि लिमिटेडमा गन्यापधुरा गाउँपालिका–४, डडेल्धुराका पनेरुलाई नियुक्त गर्ने निर्णय गरेको हो। महाप्रवन्धक पदका लागि नौ जनाले उम्मेदवारी दिएका थिए भने सिफारिस समितिले मन्त्रिपरिषद्मा तीन जनाको नाम सिफारिस गरेको थियो। जसमा पनेरु सहित उमेशप्रसाद गुप्ता…