काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख २८ गते फेरि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ। बैंकले बजारमा देखिएको तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो। उक्त उपकरणका लागि बोलकबोल प्रक्रिया आइतबार नै सञ्चालन हुनेछ, जसमा बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन्।…