काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य घटेको छ । गत हप्ता शुक्रबार प्रतितोला १ लाख ९० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।
यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढ्दै १९ सय ७० रुपैयाँ पुगेको छ । यसअघि गत शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ६० रुपैयाँमा कारोबार भईरहेको थियो ।