Logo

एनएमबि बैंकको अगुवाईमा बज्र मादी जलविद्युत आयोजनामा पौन ४ अर्ब लगानी, भयो सम्झौता

एनएमबि बैंकको अगुवाईमा बज्र मादी जलविद्युत आयोजनामा पौन ४ अर्ब लगानी, भयो सम्झौता



काठमाडौं । एनएमबि बैंक, कृषि विकास बैंक तथा बज्र इनर्जी भेन्चर्स प्रा. लि. बीच २४.८ मेगावाट क्षमताको बज्र मादी लविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन गर्ने सम्झौता भएको छ । एनएमबि बैंकको अगुवाईमा कास्की जिल्लाको मादी गाउँपालिकामा अवस्थित उक्त आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको हो ।

उक्त आयोजना निर्माण गर्न ५ अर्ब ३५ करोड लागत अनुमान गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानीमा ३ अर्ब ७४ करोड ५० लाख रहनेछ । एनएमबि बैंकले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

त्यसैगरी, सोही समूहबाट लगानी गरेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लि. द्वारा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगरपालिकामा प्रबद्र्वित २५ मेगावाट क्षमता रहेको सेती नदी जलविद्युत आयोजना वि.स. २०८१ साल कार्तिक २७ गते मध्यान्ह १२ बजे देखि व्यापारिक उत्पादन सुरु भएको जानकारी गराइयो । उक्त आयोजना एनएमबि बैंक लि. को अगुवाईमा कर्माचारी सञ्चय कोष तथा कृषि विकास बैंक लि. ले ऋण लगानी गरेको छ ।

एनएमबि बैंकले नेपाल राष्ट्र बैंकबाट जारी इन्भारमेन्टल एण्ड सोसलरिकस म्यानेजमेन्ट, २०२२ को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्