नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो कोषमा रहेको निस्क्रिय रकम सरकारको खातामा दाखिला गर्ने भएको छ । प्राधिकरण सञ्चालक समितिको बुधवारको वैठकले आफ्नो खातामा रहेको १० अर्ब रुपैयाँ अर्थमन्त्रालयलाई दिने निर्णय गरेको हो । यसअघि अर्थमन्त्रालयले प्राधिकरणको निस्क्रिय रकम राजस्वमा दाखिला गर्न ताकेता गर्दै आएको थियो । त्यस्तै, महालेखा परिक्षकको कार्यालयले पनि प्राधिकरणको निस्क्रिय रकम सरकारको खातामा…