काठमाडौं । गत बैशाखमा गएको भुकम्पले भत्काएको धरहरा पूर्ननिर्माणको प्रक्रिया अघि बढेको छ । धरहरा पूर्ननिर्माणका लागि गोस्वारा हुलाक र टक्सारको जग्गा समेत प्राप्त भइसकेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले जानकारी दिए । त्यस्तै धरहराको आर्किटेक्ट डिजाइन समेत तयार भइसकेको छ । सोमवार एक कार्यक्रमबीच नयाँ बन्ने धरहराको आर्किटेक्ट डिजाइन सार्वजनिक गरिएको…