Logo

यस्तो बन्दैछ धरहरा ! म्युजियमदेखि थिएटरसम्म हुने, निर्माण लागत ३ अर्ब

यस्तो बन्दैछ धरहरा ! म्युजियमदेखि थिएटरसम्म हुने, निर्माण लागत ३ अर्ब


रक्षा रेग्मी
0
Shares

काठमाडौं । गत बैशाखमा गएको भुकम्पले भत्काएको धरहरा पूर्ननिर्माणको प्रक्रिया अघि बढेको छ । धरहरा पूर्ननिर्माणका लागि गोस्वारा हुलाक र टक्सारको जग्गा समेत प्राप्त भइसकेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले जानकारी दिए ।

त्यस्तै धरहराको आर्किटेक्ट डिजाइन समेत तयार भइसकेको छ । सोमवार एक कार्यक्रमबीच नयाँ बन्ने धरहराको आर्किटेक्ट डिजाइन सार्वजनिक गरिएको छ । केज कन्सुलेट प्रालि/एमआरबी एण्ड एशोसिएट्सले धरहराहको डिजाइन तयार पारेको हो । नयाँ डिजाइन अनुसार ४२ रोपनी जग्गामा बन्न लागेको उक्त धरहराको निर्माणका लागि ३ अर्ब रुपैयाँ लाग्ने भएको छ ।

dharahara

पुरानो डिजाइनमा आधुनिक धरहरा

धरहरा बाहिरबाट हेर्दा पुरानै जस्तो हुनेछ । तर भित्री भाग भने आधुनिक बनाइने बताइएको छ । धरहराको टुप्पामा जानका लागि लिफ्टको व्यवस्था गरिने छ । हाल रहेको धरहराको भग्नावशेषलाई भने संरक्षण गरेर राखिने बताइएको छ ।

धरहरा भित्र म्युजियम, फाउन्टेन, बगैचाँ तथा लिफ्टको व्यवस्था गरिने छ । नयाँ बन्ने धरहरा आपांगमैत्री समेत हुने बताइएको छ । । त्यस्तै धरहरा छिर्ने वित्तिकै एउटा बगैचाँ आउने छ । जसलाई ह्यांगिङ गार्डेन भनिन्छ ।

dharahara-

छुट्टै म्युजियम र थिएटर हुने

धरहरामा छुट्टै म्युजियम समेत बनाइने भएको छ । म्युजियम जाने बाटोमा पानीको फाहोरा हुने छ । धरहरामा राखिने फाउन्टेन ५० फिट अग्लो हुने छ । २ सय ४५ फिटको धरहराको १० औं तल्लामा मिनी थिएटर राखिने छ । जसमा प्राजेक्टरबाट धरहराको इतिहासबारे भिडियो देखाइने छ । त्यस्तै टुुुुप्पामा जान प्रयोग गरिने लिफ्ट पारदर्शी हुनेछ ।
त्यसैगरी धरहराको एक भागमा म्युजियम बनाइने छ । जहाँ पुराना सिक्का छाप्ने मेसिनहरु हेर्न सकिने छ । त्यस्तै १ सय ३४ ओटा गाडी पार्क गर्न मिल्ने पार्कङ बनाइने बताइएको छ ।

धरहराको पूनर्निमाणका लागि सरकारले ४२ रोपनी जग्गा प्राप्त गरिसकेको पर्यटन मन्त्री पोखरेलले जानकारी दिए । जसको लागि गोस्वारा हुलाक र टक्सारको जग्गा प्राप्त भइसकेको छ ।

dharahara--

निर्माण खर्च टेलिकमले व्यहोर्ने

मेरो धरहरा म आफै बनाउँछु भन्ने अभियान अन्तर्गत हालसम्म १ करोड ९५ लाख रुपैयाँ रकम जम्मा भएको छ । धरहराको पूनर्निमाणका लागि धेरै संघ सस्था तथा निजी क्षेत्रहरुले चासो देखाएका छन् । विशेषगरी पछिल्लो समय नेपाल टेलिकमले इच्छा जाहेर गरेको पोखरेलले जानकारी दिए । धरहराको पूर्ननिर्माणका लागि नेपाल टेलिकमले विशेष चासो देखाएको छ । ‘टेलिकमले नयाँ बन्ने धरहराको सम्पूर्ण आर्थिक जिम्मेवारी लिने इच्छा देखाएको छ,’ उनले भने, ‘संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संचार मन्त्रालयको समन्वयमा निर्माण गर्न लागिएको छ ।’

आधुनिक धरहरा निर्माणसँगै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नुका साथै पर्यटकलाई १ दिन थप काठमाडौंमा टिकाउन सहयोग गर्ने छ । सो धरहरा आगामी ३ बर्षभित्र बनाइसक्ने योजना अनुसार काम अघि बढाइने भएको छ । कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यकारी निर्देशक रुद्रसिंह तामाङले सरकारको निणर्य अनुसार महानगरपालिका अगाडी बढ्ने जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL