काठमाडौं । काठमाडौंको लैनचौरस्थित खेलकुद मैदानमा पार्किङ बनाउन सकिने एक अध्ययनले देखाएको छ । महानगरले पिकासो कन्सलटेन्सी प्रालिमार्फत गरेको सम्भाव्यता अध्ययनको प्रारम्भिक प्रतिवेदनले यस्तो सम्भावना देखाएको हो । सो प्रतिवेदनले त्यस क्षेत्रलाई जोड्ने थप योजनाका लागि अझै अध्ययन गर्नुपर्ने खाँचो बताएको छ । पार्किङ निर्माणका लागि ७५ करोड ५ लाख रुपैयाँ लाग्ने बताइएको छ ।…