Logo

१ अर्ब ६० करोडको सेयर जारी गर्दै पुनर्बीमा कम्पनी, बिक्री प्रबन्धकमा आरबीबी मर्चेण्ट

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको प्राथमिक सेयर जारी गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँको दरले कुल १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । पुनर्बीमा कम्पनीले उक्त सेयर जारीका लागि आरबीबी मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ…