Logo

जनकपुर र चन्द्रगढीबाट यसैबर्ष देखि रात्रीकालिन उडान, अब ८ विमानस्थलबाट रात्रीकालिन सेवा

जनकपुर र चन्द्रगढीबाट यसैबर्ष देखि रात्रीकालिन उडान, अब ८ विमानस्थलबाट रात्रीकालिन सेवा



काठमाडौं । नेपाला नागरिक उड्ययन प्राधिकरणले जनपुर र चन्द्रगढी विमानस्थलबाट रात्रीकालिन उडान शुरु गर्ने भएको छ ।

थप दुई विमानस्थलबाट सन् २०१९ को सुरुवातसँगै रात्रीकालिन उडान शुरु गर्ने गरी तयारी थालिएको प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले जानकारी दिए । ‘हामीले थप दुई विमानस्थलबाट रात्रीकालिन उडान सुरु गर्नका लागि आवश्कय तयारी गरिरहेका छौं,’ उनले भने, ‘ढिलोमा २०७५ साल माघ भित्र उडान सेवा सुरु गर्नेछौं ।’

प्राधिकरणले हवाई ट्राफिक कम गर्नका लागि सेम्टेम्बर १ देखि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल बिहान ५ बजेदेखि नै खोल्ने भएको छ । यस अघि बिहान ६ बजेपछि मात्रै खुल्दै आएको आन्तरिक टर्मिनल ट्राफिक जाम कम गर्नका लागि बिहान ५ बजेनै खुला गरी ६ बजेभित्र अन्तरिक उडान भर्ने तयारी गरेको हो

साथै प्राधिकरणले प्रायःजसो आन्तरिक उडानलाई बेलुका ६ बजेपछि भर्ने भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने कम्तीमा २० वटा आन्तरिक उडान बेलुका ६ बजेपछि गरिने छ । सोही अनुरुप प्राधिकरणले जनकपुर र चन्द्रगढीबाट रात्रीकालिन उडान गर्न लागेको हो ।

यस अघि प्राकिरणले गत बर्ष मात्रै धनगढीबाट रात्रीकालिन उडान सुरु गरेको थियो । हाल प्राधिकरणले धनगढीका साथै नेपालगञ्ज, भैरहवा, सिमरा तथा विराटनगरबाट रात्रीकालिन उडान गर्दै आएको छ । क्रमश थप विमानस्थलहरुमा पनि रात्रीकालिन उडान सेवा सुरु गरिने समेत उनले जानकारी दिए । तर, पोखरामा भने भौगोलिक बनावटका कारण रात्रीकालिन उडान गर्न नसकिएको समेत उनको भनाई थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL