Logo

१ अर्ब ६० करोडको सेयर जारी गर्दै पुनर्बीमा कम्पनी, बिक्री प्रबन्धकमा आरबीबी मर्चेण्ट

१ अर्ब ६० करोडको सेयर जारी गर्दै पुनर्बीमा कम्पनी, बिक्री प्रबन्धकमा आरबीबी मर्चेण्ट



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको प्राथमिक सेयर जारी गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँको दरले कुल १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो ।

पुनर्बीमा कम्पनीले उक्त सेयर जारीका लागि आरबीबी मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र आरबीबी मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. रमेशकुमार भण्डारीले हस्ताक्षर गरेका हुन् ।

हाल पुनर्बीमा कम्पनीको अधिकृत पूँजी १५ अर्ब रुपैयाँ रहेको छ भने जारी पूँजी १० अर्ब रुपैयाँ र चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ । सर्वसाधारणमा सेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुग्नेछ ।

२०७२ साल श्रावण १ गतेदेखि आफ्नो पुनर्बीमाको कारोबारको सुरु गरेको कम्पनीले स्देशी जीवन र निर्जीवन बीमा कम्पनीका साथै बिदेशी बीमा तथा पुनर्बीमा कम्पनी कारोबार गर्दै आएको छ । कम्पनीले गत आबमा कुल ४ अर्ब रुपैयाँ पुनर्बीमा शुल्क संकलन तथा ९ अर्ब ४० करोड रुपैयाँ लगानी गर्न सफल भएको छ ।

त्यसैगरी आब २०७३÷७४ मा ६० करोड ७६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने जगेडा कोषमा १ अर्ब ८५ करोड रहेको थियो भने आब २०७४÷७५ को चौथो त्रैमासिक सम्ममा आईपुग्दा १ अर्ब ४० करोड खुद मुुनाफा आर्जन गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL