काठमाडौं । नेपाल धितोपत्र बोर्डले गुराँस लघुवित्त वित्तीय संस्थालाई प्राथमिक सेयर ‘आइपिओ’ निष्काशनको लागि अनुमति दिएको छ । बोर्डले मंगलबार गुराँसलाई आईपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको हो । गुराँसले कुल २ करोड ५० लाख रुपैयाँको आईपीओ निष्काशनका लागि अनुमति पाएको हो । आईपीओ निष्काशनसँगै कम्पनीको चुक्ता पूँजी ७ करोड ७५ लाख रुपैयाँ पुग्नेछ ।…