काठमाडौं । शाओमीले रेडमी नोट ८ सिरिजको स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले बुधबार एक कार्यक्रमको आयोजना गर्दै क्वाड क्यामेरा सेटअप सहितको उक्त फोन सार्वजनिक गरेको हो । उक्त फोन नेपालमा सार्वजनिक गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले स्मार्टफोन श्रेणीमै रेडमी नोट अब्बल रहँदै आएको बताए । उनले ६४ एमपी क्वाड–क्यामेरा…