काठमाडौं । एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृह निर्माणको कामले तीव्रता पाएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको सिनो हाइड्रोले ऋषिङ गाउँपालिका–१ स्थित झापुटारमा पहुँच मार्ग, कार्यालय भवन, श्रमिक आवास क्षेत्रलगायत कामलाई तीव्रता दिएको हो । विद्युत् गृहसम्म…