Logo

यी हुन् सन् २०३५ सम्ममा आमुल परिवर्तन हुने विश्वका दश शहरहरु

यी हुन् सन् २०३५ सम्ममा आमुल परिवर्तन हुने विश्वका दश शहरहरु



काठमाडौं । वर्तमा विशवमा आधुनिक अर्थतन्त्रको मुख्य ईन्जिन भनेको नै शहरहरु हुन् । हाल विश्वको आधाभन्दा बढी जनसंख्या शहरमा बसोबास गरिरहेको छ । पछिल्लो समय शहरीकरण अभुतपूर्व रुपमा वृद्धिको गतिमा लम्किरहेको छ । जसका कारण वर्तमान विश्वका प्रमुख शहरहरुमा व्यापक फेरबदल आइरहेको छ । तीब्र गतिमा भएको परिवर्तनका कारण अहिले विश्वका मुख्य र महत्वपर्ण भनिएका शहरहरु भविष्यमा धेरै फरक हुने आँकलन गरिएको छन ।

laxmi

‘अक्सफोर्ड ईकोनोमिक्स’ ले भविष्यका मुख्य १० शहरहरुको बारेमा गरेको पछिल्लो अध्ययनले सन् २०३५ सम्ममा आजका मुख्य शहरहरुको आकार, जनसंख्या तथा कुल ग्राहस्थ उत्पादनसमेत अस्वभाविक रुपमा बढ्ने उल्लेख गरिएको छ । सो अध्ययनमा आजका मुख्य शहरहरुको आगामी १५ बर्षमा हुने परिवर्तनको बारेमा विश्लेषण गरिएको छ ।

कुल ग्राहस्थ उत्पादनका आधारमा प्रमुख १० शहरहरु

सन २०३५ सम्ममा केही शहरहरुको कुल ग्राहस्थ उत्पादन ‘जीडीपी’को आकार बढ्नेछ । अमेरिकाकै ३ शहर न्यृयोर्क, लस एन्जलस र सिकागोको जीडीपीमा भारी परिवर्तन आउनेछ । अध्ययनका अनुसार यी ३ शहरको २ दशमलव ५ ट्रिलियन डलर बराबरको जीडीपी बैंकिङ र वित्त क्षेत्रले ओगट्नेछ । यस्तै चीनका ४ शहरहरुको जीडीपीमा पनि उत्तिकै मात्रामा परिवर्तन आउनेछ ।

साथै लण्डन, पेरिस र टोकियो भने टप टेनका अन्तिम ३ मा पर्नेछन । हाल टोकियो भने जीडीपीको आधारमा पहिलो स्थानमा रहेको छ । टोकियोको सन २०१९ मा जीडीपी १ दशमलव ६ ट्रिलियन अनुमान गरिएको छ । यस्तै सन २०३५ सम्म उक्त १० शहरको मात्रै जीडीपीको आकार १३ दशमलव ५ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ । यस्ता महानगरहरुको समुहलाई ‘मेगारेगियनस’ भनिन्छ जसले आर्थिक गतिविधिमा ठुलो हिस्सा ओगटेका हुन्छन ।

जनसंख्याको आधामा प्रमुख १० शहरहरु

भविष्यमा जनसंख्याको आधामा पनि केही शहरहरुले ठुलो फड्को मार्नेछन । अध्ययनका अनुसार सन २०३५ सम्ममा विश्वको पुर्वि क्षेत्रको केही शहरहरु धेरै जनसंख्या भएको शहरहरुमा गणना हुनेछन ।
जसमा एशियाका मुख्य ७ ओटा शहरहरु पर्दछन । जबकी ३ करोड ८० लाख जनसंख्या भएको जकार्ता शहर हाल धेरै जनसंख्या भएको पहिलो शहरको स्थानमा रहेको छ । जसले सन २०३५ सम्ममा धेरै जनसंख्या भएको र ईन्डोनेशियाको राजधानीको शाख गुमाउने भविष्यवाणी गरिएको छ ।

समुन्द्री तह वृद्धि र पानीको कमजोर पूर्वाधारका कारण जकार्ता शहर खुम्चिँदै गएको छ । जसको कारण ईन्डोनेशिया सरकारले आफ्नो राजधानी समेत जकार्ता बाट बोर्नियो आईसल्याण्डमा सार्ने योजना बनाएको छ । यस्तै अफ्रिकाको कीनसासा र लागोस भने १ करोड जनसंख्या सहित मेगासिटीको स्थानमा रहेका छन । यी शहरहरु यो शताब्दीको अन्त्यसम्म पहिलो स्थानमा हुने योजना बनाईरहेका छन ।

जनसंख्या कुनैपनि देशको ग्रोथको प्रमुख संयन्त्र मानिन्छ । उदाहरणको लागि नेपालको छिमेकी राष्ट्र भारतले पछिल्लो समय काम गर्ने उमेरसमुहको बढ्दो जनसंख्याको खाका तयार पार्दैछ । जसको कारण भारतका केही शहरहरु अबको केही बर्षमा बढ्दो शहरको रुपमा गणना हुनेछन ।

बार्षिक कुल ग्राहस्थ उत्पादनको आधारमा प्रमुख १० शहरहरु

आर्थिक वृद्धिको आधारमा शहरहरुलाई तुलना गर्दा शहरहरुको केही शुद्ध असमानताहरु पत्ता लगाउन सकिन्छ । हाल केही मुख्य शहरहरुको बार्षिक जीडीपीको वृद्धिदर २ दशमलव ६ प्रतिशत छ तर प्रमुख १० शहरहरुले भने यसको सिमा नाघिसकेका छन ।

अध्ययनका अनुसार बार्षिक जीडीपीको वृद्धिदर २ दशमलव ६ प्रतिशतको सिमा नाघ्ने प्रमुख १० शहरहरु एशियामै अवस्थित छन । जसमा तिव्र आर्थिक वृद्धि भएका ४ शहरहरु चीनमा, ४ शहरहरु भारतमा र २ शहरहरु दक्षिण एशियामा अवस्थित छन ।

सन २०३५ सम्म भारतको बैंगलोर शहर ८ दशमलव ५ प्रतिशत बार्षिक वृद्धिका साथ पहिलो स्थानमा रहनेछ । बैंगलोरलाई प्रविधि स्टार्टअपको क्षेत्र पनि मान्न थालिएको छ ।

यस्तै जकार्ता ५ दशमलव २ प्रतिशत बार्षिक वृद्धिदरसहित दोस्रो स्थानमा रहने छ । साथै चीनको सांघाई शहर तेस्रो स्थानमा परेको छ । पछिल्लो समय सांघाईलाई विश्वकै व्यस्त बन्दरगाहको रुपमा पपनि लिने गरिन्छ । अध्ययनका अनुसार सन २०३५ सम्ममा सांघाईको बार्षिक वृद्धिदर ५ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL