काठमाडौं । नेपाल सरकारले नै नेपालका विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिनेगरी विभिन्न कार्ययोजना बनाएको छ । अटो क्षेत्रको बृहत मेला मानिने नाडा अटो सो ले पनि यसपाली विद्युतीय सवारीसाधनको राम्रै प्रवर्द्धन गरेको देख्न सकिन्छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार नाडा अटो सो को उद्घाटनमा सरकारले नै विद्युतीय सवारीसाधनमा पनि खासगरी विद्युतीय सार्वजनिक यातायातलाई प्राथमिकतामा राखेको…