Logo

तामाकोशी नदीमा खसेर एक विदेशीको निधन, श्रीमती सकुशल

तामाकोशी नदीमा खसेर एक विदेशीको निधन, श्रीमती सकुशल



काठमाडौं । दोलखाको बिगु १ लप्चिमा एक विदेशी नागरिक मृत अवस्थामा फेला परेको छ ।

laxmi

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार ल्याटभियाका ३२ बर्षिय नागरिक कोन्स्टानटिन्स टोडोसिन्निकोभ्सको सोमबार बिगु १ लप्चिबाट फर्कने क्रममा तामाकोशी नदीमा खसेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दोलखाले दिएको जानकारी अनुसार मंगलबार बिहान प्रहरी सहायक निरिक्षकको कमाण्ड टोली, सेनालगायतको समुहले क्रेन र डोरीको सहायताले नदिको किरनारमा शव निकालेको हो ।

मृतकको श्रीमती भने शकुसल रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ । मृतक टोडोसिन्निकोभ्सको शव तामाकोशीले बगाएर करिब १ किलोमिटर तल पुर्याएको जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकारी सेते तामाङले जानकारी दिएका छन ।

तामाङका अनुसार टोडोसिन्निकोभ्सको शव लामाबगरबाट पोष्टमार्टमको लागि चरिकोट प्राथमिक स्वास्थ्य केन्द्र ल्याउने तयारी भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL