काठमाडौं । नागढुङ्गा थानकोट सुरुङमार्ग निर्माणको समयावधि लम्विएको छ । धादिङतर्फको जग्गा मुआव्जाको टुङ्गो नलाग्दा उक्त आयोजनाको निर्माण समयावधि लम्विएको हो । आयोजनाको धादिङतर्फका प्रायजसो जग्गाधनीसँग लालपुर्जा नभएका कारण उक्त जग्गाको मुआव्जा वितरणमा अवरोध आएको छ । ५२ रोपनी जग्गामा धादिङ बासीहरुले मुआव्जाका लागि माग गरेका छन । तर करिव २३ रोपनी जग्गा गुठीमा पर्दछ…