Logo

एनसेलको दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन सम्पन्न, रातो बङ्गला र शिक्षा मन्त्रालयसँग सहकार्य

एनसेलको दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन सम्पन्न, रातो बङ्गला र शिक्षा मन्त्रालयसँग सहकार्य



काठमाडौं । एनसेलले दोस्रो अन्तरराष्ट्रिय गुणस्तरीय सिक्षा सम्मेलन २०१९ को सम्पन्न गरेको छ । कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सम्मेलनको आयोजना गरी सम्पन्न गरेको हो । कम्पनीले उक्त आयोजना गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रातो बङ्गला फाउण्डेसनसँग सहकार्य गरेको गरेको थियो । उक्त सहकार्य अन्तर्गत आयोजना गरिएको तिन दिने सम्मेलन सोमबार समापन भएको हो ।

laxmi

उक्त तिन दिने सम्मेलनमा शिक्षा क्षेत्रसँग सम्बन्धित सरकारी कर्मचारीहरु, शिक्षक शिक्षीकाहरु लगायत नेपाली तथा विदेशी सोधकर्ताहरुको सहभागिता रहेको थियो । गरेर सिक्ने र प्रारम्भिक बाल्यकाल विकास विधिमा केन्द्रित हुँदै सम्मेलनका दौरान ७५ वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए ।

यस्तै सम्मेलनमा ६० वटा कार्यशालाहरु समेत संचालन भएका थिए । सम्मेलनमा ३ सय जना सरकारी विद्यालयका शिक्षक शिक्षिका सहित सातै प्रदेशका ५५ जिल्लाबाट ७ सय जना भन्दा बढिको सहभागिता रहेको थियो । त्यसैगरी, प्रशिक्षकका रुपमा अमेरिका, सिंगापुर, भारत, चीन र बंगलादेशका विज्ञहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL