Logo

पर्यटन विभागको कार्यालय प्रदेश सरकारमा स्थान्तरण, अब काठमाडौ धाउनु नपर्ने

पर्यटन विभागको कार्यालय प्रदेश सरकारमा स्थान्तरण, अब काठमाडौ धाउनु नपर्ने



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले गर्दै आएको कामलाई प्रदेश सरकारलाई बुझाएको छ । विभागले गर्दै आएको काम प्रदेश सरकारलाई हस्तान्तरण गरेसँगै अव विभागको काम लिएर ब्यवसायीहरु काठमाडौं धाउनु नपर्ने भएको छ ।

laxmi

विभागले आफूले गर्दै आएको काम झापाको काकड़भिट्टा, सोलुखुम्बुको नाम्चे, धनुषाको जनकपुर, पर्साको बीरगंज, रुपन्देहीको भैरहवा, कास्कीको पोखरा र बाँकेको कोहलपुरमा रहेको पर्यटन कार्यालयहरुले गर्ने गरी अधिकार दिएको छ ।

७ वटा कार्यालयहरुले, ट्राभल एजेन्सी तथा ट्रेकिंग एजेन्सी र याफ्टिङ एजेन्सीको इजाजत दिने तथा नविकरण गर्ने, पर्यटक यातायात सेवा ब्यवसायको लागि इजाजत दिने नविकरण गर्ने, पर्यटक स्तरिय होटल तथा होमस्टेको इजाजत दिनेलगायतका काम गर्नेछन ।

नव गठित कार्यालयहरुले पर्यटक स्तरीय ३६१ होटल, ९२ वटा होमस्टे, ३२६२ ओटा ट्राभल एजेन्सी, २४१७ ट्रेकिङ एजेन्सी, ८५ र्याफ्टिङ एजेन्सी, २१४ रिभर गाइड, ट्रेकिङ पोर्टर गाइड १७२, पर्यटन यातायात सेवा ७९, ट्रेकिङ गाइड १२९८१ र टुरिष्ट गाइड २७०१ गरी २२३६४ सेवाको अभिलेख व्यवस्थापन, नविकरण तथा सहजीकरण गर्नुपर्नेछ । केन्द्रमा रहेको पर्यटन विभागले अन्तरप्रदेश कार्यालय र मन्त्रालयबीच समन्वय गराउने काम गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL